काभ्रेमा ६२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा १८ वर्षीय किशोर पक्राउ


काठमाडौं- काभ्रेको तेमाल गाउँपालिकामा ६२ वर्षीया महिलालाई बलात्कार गरेको एक किशोर पक्राउ परेका छन् । रामेछापको सुनापति गाउँपालिका–५ घर भएका १८ वर्षीय पासाङ तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी राजकुमार श्रेष्ठले बताए ।

मानसिक सन्तुलन गुमाएकी र बोल्न नसक्ने पीडितलाई तामाङले भण्डारीबेशी नजिकै पर्ने मूल सडकसँगैको झाडीमा जबरजस्ती करणी गरेको प्रहरीले जनाएकाे छ ।

बलात्कारपछि भाग्दै गरेका किशोरलाई पक्राउ गरेर अनुसन्धान भइरहेको डीएसपी श्रेष्ठले बताए ।  भक्तपुरमा मजदुरी गर्ने उनले गाउँ फर्किँदा बाटोमा भेटेपछि अपरिचित महिलालाई बलात्कार गरेको बयान दिएका छन् ।

प्रतिक्रिया