रुकुम पश्चिममा बाढीले घर बगाउँदा तीन बालिकाको मृत्यु, १ जना बेपत्ता, ६ घाइते


रुकुम पश्चिम – रुकुम पश्चिममा बाढीले घर बगाउँदा तीन बालिकाको मृत्यु भएको छ । आठबिसकोट नगरपालिका वडा नं. १२ को बगर नजिक रहेका तातोपानी खोला र झिन्चौर खोलामा आएको बाढीले बगाउँदा ३ जना बालिकाको मृत्यु भएको हो ।

बाढीले बगाउँदा १ पुरूष बेपत्ता भएका छन् भने ६ जना घाइते हुन पुगेका छन् ।

मृत्यु हुनेहरूमा स्थानीय १० वर्षीया हितमाया पुन, आठ वर्षीया धनसा पुन र चार वर्षीया मनिषा सार्की रहेका छन् ।

घटनामा परेर डिल्ली बहादुर बुढाथोकी बेपत्ता भएका छन् ।

घाइते हुनेहरूमा १२ वर्षीय विनय सार्की, २२ वर्षीया मनीषा पुन, २९ वर्षीय जनक खत्री, ६ वर्षीया मनसरी पुन, चार वर्षीय मेक्सन पुन, २८ वर्षीया धनमाया पुन र ६५ वर्षीया कल्पना कामी रहेका छन् ।

घाइतेहरूलाई उपचारका लागि अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी बखत शाहीले बताए ।

प्रतिक्रिया