त्रिशूलीमा १० दिनसम्म बेपत्तालाई पनि मृतक सरहनै राहत दिने सरकारी निर्णय


काठमाडौं – सरकारले बाढी, पहिरो र डुबानमा परी मृत्यु भएकाहरुलाई दश लाखको दरले राहत उपलब्ध गराउने भएको छ ।

सोमवार अपरान्ह सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा बसेको मन्त्रीपरिषद् बैठकले सो निर्णय गरेको हो । बैठकले विपदमा परी १० दिनसम्म बेपत्ता भएकाहरुलाई पनि मृतक सरहनै राहत उपलब्ध गराउने निर्णय गरेको छ । यसअघि सो व्यवस्था नभएकाले मन्त्रीपरिषद् बैठकले सो निर्णय पनि गरेको नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।

त्यसैगरी बैठकले विपद्मा परी ज्यान गुमाएकाहरुप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदन पनि व्यक्त गरेको छ । मन्त्री परिषद बैठकले परिवर्तित सन्दर्भमा मन्त्री परिषद र मन्त्रीपरिषद्का विभिन्न समितिहरुमा प्रक्रियामा रहेका वा प्रक्रियामा नलगिएका सम्पूर्ण प्रश्तावहरु सम्बन्धित मन्त्रालयमा फिर्ता गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया