बससँगै त्रिशूली बेपत्ता ६२ मध्ये १२ जनाको शव भेटियो


काठमाण्डौ – नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालमा पहिरोले बगाएर त्रिशूली नदीमा बेपत्ता भएका दुई बसका ६२ यात्रुमध्ये १२ जनाको शव फेला परेको छ ।

१२ जना सबै पुरुष रहेको प्रहरी प्रवक्ता डीआईजी दानबहादुर कार्कीले बताए ।

उनका अनुसार हालसम्म ७ जनाको सनाखत भएको छ ।

शुक्रबार बिहान काठमाण्डौबाट गौरतर्फ र वीरगञ्जबाट काठमाण्डौतर्फ गुडिरहेका दुई वटा बसलाई पहिरोले बगाएपछि त्रिशूली नदीमा खसेका थिए ।

अन्यको खोजी कार्य जारी छ ।

प्रतिक्रिया