२२ मन्त्रीमा महिला जम्मा २ !


काठमाडौं – मुलुकका सबैभन्दा दुई ठूला राजनीतिक दलसहितको सरकार गठन भएको छ । नयाँ सरकारको नेतृत्व दोस्रो ठूलो दल नेकपा एमालेले लिएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबार बिहान राष्ट्रपति रामचन्द्र पौडेलसँग सपथ लिएसँगै आफूसहित २२ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् ।

प्रधानमन्त्री ओलीले आफूले सपथ लिनासाथ करिब करिब मन्त्रीपरिषद्लाई पूर्णता समेत दिएका छन् । पहिलो दिन नै यति धेरै मन्त्रीहरुलाई सपथ खुवाइएको पहिलोपटक नै हो ।

तर, २२ सदस्यीय मन्त्री मण्डलमा जम्मा २ जनामात्र महिला अटेका छन् । नेपाली कांग्रेसबाट १० जना मन्त्रीमा १ जना र नेकपा एमालेबाट ८ जनामा जम्मा १ जना महिला मन्त्री छन् ।

नेपाली कांग्रेसले सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा देउवालाई मन्त्रीमण्डलमा पठाएको छ । उनले परराष्ट्र मन्त्रालय सम्हाल्नेछिन् भने नेकपा एमालेबाट विद्या भट्टराई मन्त्री बनेकी छिन् । उनले शिक्षा मन्त्रालय सम्हाल्ने भएकी छिन् ।

प्रतिक्रिया