

लोसपाबाट शरदसिंह भण्डारी श्रममन्त्री

काठमाडौं — लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट शरतसिंह भण्डारी श्रममन्त्री बन्ने भएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सपथसँगै मन्त्रिपरिषद् गठनको तयारी गरेका छन् । कांग्रेस र एमालेका साथै लोसपा र जसपालाई पनि सरकारमा समेट्ने उनको तयारी छ । लोसपाबाट भण्डारी श्रम मन्त्री बन्ने छन् ।
उनी गत फागुनसम्म प्रचण्ड नेतृत्वको सरकारमा श्रममन्त्री थिए । प्रचण्डले कांग्रेस छाडेर एमालेसँग गठबन्धन गरेपछि उनी हटे । लोसपाको संसदमा चार सांसद छन् ।

