कालीकोटमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु, २ जना गम्भीर घाइते


कालीकोट – कालीकोटमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

राष्कोट नगरपालिका–५ अन्तर्गत आरसिपिबजारको सडकमा ट्याक्टर दुर्घटना हँदा चालकको मृत्यु भएको हो।

चालकसहित अन्य दुई जना गम्भीर घाइते भई उपचारका लागि बाटोमा लैजादै गर्दा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा रास्कोट नगरपालिका–२ का नम सार्कीको शरिरको भित्रि भागमा चोट लागेको छ भने वडा नम्बर ५ कै प्रकाश तिरुवाको टाउकोमा चोट लागेको छ। उनीहरुको उपचार भइरहेको छ ।

प्रतिक्रिया