एमालेले लगायो ८ मन्त्रीको टुंगो, को-को बन्दैछन् मन्त्री?


काठमाडौं – नेकपा एमालेले आफ्नो पार्टीबाट सरकारमा सहभागी हुने ८ जना मन्त्रीको टुंग्याएको छ ।

एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली निवास बालकोट गएराति बसेको शीर्ष नेताहरूको बैठकले सरकारमा जाने मन्त्रीहरूको नाम टुंगो लगाएको हो ।

एमालेले विष्णु पौडेल, पृथ्वी सुब्बा गुरुङ, छविलाल विश्वकर्मा, योगेश भट्टराई, कृष्ण गोपाल श्रेष्ठ, जुली महतो, विद्या भट्टराई र दामोदर भण्डारीलाई मन्त्री बनाउने निर्णय गरेको छ।

सत्तारुढ दल नेकपा एमाले र नेपाली काँग्रेसबिच आठ वटा मन्त्रालय एमालेले र ९ वटा काँग्रेसले लिने सहमति भएको छ। कांग्रसले पनि हिजै बेलुका मन्त्रीहरुको नाम छानेको थियो ।

प्रधानमन्त्री ओलीले आज बिहान ११ बजे मन्त्रीसहित शपथ लिने तयारी गरेका छन् ।​

प्रतिक्रिया