गंगालाल अस्पतालले १२ घण्टा शल्यक्रिया गर्ने


काठमाडौं- काठमाडौँको ‘शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र’ अस्पतालले आगामी साउन १ देखि १२ घण्टा अपरेसन सेवा दिने भएको छ ।

अस्पतालको कार्डियोभास्कुलर सर्जरी विभागका प्रमुख डा. रामेश कोइरालाका अनुसार साउन १ देखि बिहान ८ बजेबाट राति ८ बजेसम्म अपरेसन थिएटर सञ्चालन गर्ने निर्णय भएको हो ।

यसका लागि आवश्यक नर्सिङ स्टाफ तथा अन्य सहयोगी कर्मचारी व्यवस्था गरिदिन उनले अस्पतालका कार्यकारी निर्देशकसँग अनुरोध गरेका छन् ।

प्रतिक्रिया