चितवन पहिरोमा पुरिएका दुई बस त्रिसुलीमा खसेको पुष्टि, यात्रुको अवस्था अज्ञात


काठमाडौं– नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरो बगाउँदा दुईवटा बस त्रिशूली नदीमा खसेको पुष्टि भएको छ ।

खसेका बसमध्ये एकमा ४१ र अर्कोमा २४ जना रहेको खुलेको छ ।

जसमध्ये तीनजना हामफालेर बाच्न सफल भएको बागमती प्रदेश प्रहरी कार्यालयका एसएसपी रवि कुमार पौडेलले जानकारी दिए ।

आज बिहान ३ः३० बजे दुई बस त्रिशूलीमा खसेका हुन् ।

प्रारम्भिक जानकारी अनुसार काठमाडौँबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एञ्जल बस त्रिशूलीमा खसेको खुलेको छ ।

अहिले उद्धारको काम थालिएको छ ।  पहिरो पन्छाउन सुरु गरिएको छ । यात्रुको अवस्था अज्ञात छ ।

प्रतिक्रिया