चितवनमा पहिरोमा पुरिएको एक बसको केही भाग देखियो, उद्धारमा समस्या


काठमाडौं– नारायणगढ मुग्लिन सडकको सिमलतालमा आज बिहान पहिरोमा २ यात्रुवाहक बस बगेको खबर छ ।

जसमध्ये एक बसको केही भाग देखिएको छ ।

वीरगन्जबाट काठमाडौँ गइरहेको एन्जल बसमा २४ जना र काठमाडौंबाट गौर आइरहेको गणपति डिलक्समा ४१ जना यात्रु रहेको खुलेको चितवन प्रहरीले जनाएको छ ।

घटनाको आधिकारिक पुष्टि हुन सकेको छैन् ।

घटनास्थलमा सशस्त्र र नेपाल प्रहरीको टोली पुगेको छ । उनीहरुसँग सम्पर्क हुन नसकेको र उद्धारमा कठिनाई भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाले जनाएको छ ।

बस बिहान साढे ३ बजेको समयमा पुरिएको खबर प्रहरीलाई आएको थियो ।

प्रतिक्रिया