चितवन सिमलतालमा पहिरोले २ वटा यात्रुबस बगायो, विवरण आउन बाँकी


काठमाडौं– भरतपुर महानगरपालिका–२९ सिमलतालबाट दुईवटा यात्रुबाहक बस पहिरोले बगाएको छ ।
सडकमाथिबाट खसेको पहिरोले आज बिहान साढे ३ बजे ती बस बगाएको हो ।

बागमती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी रवि कुमार पौडेलले घटनाको विस्तृत विवरण नआएको बताए ।
उनले भने,‘दुई बस बगाएको खबर छ । प्रहरी उद्धारमा छ । सम्पर्क हुन सकिरहेको छैन् ।’

बसमा कति यात्रु थिए भन्ने खुलेको छैन । एक बस काठमाडौंबाट गौरतर्फ जाँदै गरेको यात्रुबाहक बस रहेको जनाइएको छ । अर्को बस बुटवलबाट काठमाडौं आउँदै गरेको भएको बताइएको छ ।

 

प्रतिक्रिया