बेलायतमा लेबर पार्टीको ३७ वर्षीय गढ भत्काउने शिवानी, खाइन् गीता छोएर सपथ[भिडियो]
काठमाडाैं- यूकेमा बिहीवार भएको संसदीय निर्वाचनमा लेबर पार्टीले फराकिलो विजय हात पारेसँगै सर किअर स्टार्मर नयाँ प्रधानमन्त्री बनेका छन् ।
उनी सन् २०२० मा जेरमी कोर्बिनको स्थानमा लेबर पार्टीको नेतृत्वमा पुगेका थिए । त्यसयता उनी पार्टीको साख फर्काउन र चुनावमा जित हासिल गर्न केन्द्रित भएका थिए । लेबर पार्टी विगत १४ वर्षदेखि सत्ताबाहिर थियो । तर, ऐतिहासिक जित भए पनि लेबर पार्टीले एउटा सिटमा लज्जास्पद हार बेहोरेको छ ।
उसले आफ्नो ३७ वर्षसम्म गढ रहेकाे लेस्टर पूर्वी सिट गुमाएकाे छ । त्यो सिट भारतकाे गुजराती मूलकी २९ वर्षीया शिवानी राजाले जितिन् । जितपछि १० जुलाईमा शिवानीले हातमा भगवद् गीता लिएर शपथ लिन आइन् । साे भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
शिवानी राजाले लेस्टर ईस्ट सिटमा कन्जरभेटिभ पार्टीका तर्फबाट यो ऐतिहासिक जित हासिल गरेकी हुन् । उनले भारतीय मूलका लेबर उम्मेदवार राजेश अग्रवालसँग चुनाव लडेका थिए । निर्वाचनमा उनले १४ हजार ५२६ मत पाएका छन् भने लण्डनका पूर्व उपमेयर अग्रवालले १० हजार १ सय मत पाएका थिए । शिवानीको जित महत्त्वपूर्ण छ, किनभने लेस्टर पूर्व सन् १९८७ देखि लेबर पार्टीको गढ हाे ।
गीता छाेएर शपथ लिन पाउँदा गर्व लागेकाे छ
संसदमा सपथ लिए लगत्तै शिवानीले सोसल मिडिया प्लेटफर्म एक्समा लेखेकी छिन्, ‘लेस्टर इस्टको प्रतिनिधित्व गर्न आज संसदमा सपथ लिनु मेरो लागि सम्मानको कुरा हो । गीताले महामहिम राजा चार्ल्सप्रति आफ्नो निष्ठाको शपथ लिएकोमा मलाई साँच्चै गर्व छ ।’
को हुन् शिवानी राजा ?
शिवानी राजाको जन्म २१ जुलाई १९९४ मा रुसी मीड, लेस्टरमा भएको थियो । उनका बाबुआमा सन् १९७० को दशकमा भारत र केन्याबाट बेलायत गएका थिए । राजा गुजराती मूलका हुन् । बेलायती चुनावको समयमा, राजाले ब्रिटिश-भारतीय मतदाताहरूलाई आकर्षित गर्न धेरै समय बिताएकी थिइन् । उनले डे मोन्टफोर्ट युनिभर्सिटीबाट कस्मेटिक साइन्समा प्रथम श्रेणी ऑनर्स डिग्रीको साथ स्नातक गरेकी छिन् ।
२०१७ मा उनले मिस इन्डिया यूके सौन्दर्य प्रतियोगितामा भाग लिएकी थिइन् । उनी सेमिफाइनलमा पुगेकी थिइन्। राजनीतिक करियरको कुरा गर्ने हो भने, राजाले यसै वर्षको मे महिनामा लेस्टर पूर्व निर्वाचन क्षेत्रबाट कन्जरभेटिभ उम्मेदवारका रूपमा चुनाव लडेका थिए । आम निर्वाचनमा १४ हजार ५२६ मत प्राप्त गरेर उनी हाउस अफ कमन्समा निर्वाचित भएकी हुन् ।