असार २८ पछिमात्र मन्त्री र मन्त्रालयको टुंगो लाग्छ : ओली


काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असार २८ गतेपछि मात्र मन्त्रालय र मन्त्रीहरूको टुंगो लाग्ने बताएका छन् ।

बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकमा अध्यक्ष ओलीले मन्त्रालय र मन्त्रीबारे बाहिर व्यापक चर्चा भए पनि असार २८ गतेपछि मात्र मन्त्रालय र मन्त्रीहरूको टुंगो लाग्ने बताएका हुन् ।

असार २८ गते प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले संसदमा विश्वासको मत लिँदैछन् । ‘प्रचण्ड’ले सो दिन विश्वासको मत (१३८ सांसदको साथ) प्राप्त गर्न सक्ने अवस्था छैन ।

नेपाली काँग्रेस र एमालेको समझदारी अनुसार ‘प्रचण्ड’ले विश्वासको मत लिन असफल भएपछि एमाले अध्यक्ष ओली र काँग्रेस सभापति शेरबहादुर देउवा आलोपालो प्रधानमन्त्री बन्नेछन् । त्यसक्रमा पहिलो पटक ओली प्रधानमन्त्री बन्नेछन् ।

प्रतिक्रिया