

भोजपुरमा सडक भासियो

भोजपुर– अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत टेम्केमैयुङ गाउँपालिका– ३ मेस्पाङामा सडक भासिएको छ ।आज बिहान भोजपुर –चखेवा सडक खण्डको मेस्पाङमा करिब ६० मिटर सडक भासिएको हो ।
कालोपत्र गरिएको सडक भासिएपछि यातायातका साधन रोकिएका टेम्केमैयुङ गाउँपालिकाकी उपाध्यक्ष रमादेवी राईले बताए । निरन्तर वर्षा भए अझ बढी क्षति हुनसक्ने उनले बताए ।

