नौबिसे-मलेखु सडक भोलिदेखि १५ दिनसम्म राति ५ घण्टा बन्द हुने


काठमाडौं – नागढुंगा–मुग्लिङ सडक आयोजना (पूर्वी खण्ड) ले पृथ्वी राजमार्ग अन्तर्गत नौबिसे-मलेखु खण्ड १५ दिनसम्म राति बन्द हुने जनाएको छ ।

पूर्वी खण्डले सूचना प्रकाशित गर्दै नागढुंगा–मुग्लिङ सडक २६ असारबाट राति १० देखि बिहान ३ बजेसम्म बन्द हुने जनाएको छ ।

यस सडक खण्डमा पर्ने गणेश खोला, डाङडुङ खोला, खेस्टे खोला र पोखरा खोलाका पुलको संरचनामा काम गर्ने गरी सडक बन्द गर्न लागिएको पूर्वी खण्डले जनाएको छ ।

पूर्वी खण्डका अनुसार यस अवधिमा अत्यावश्यक सेवाका सवारीसाधन (एम्बुलेन्स, सुरक्षा निकाय लगायत) भने चल्न सक्नेछन् ।

प्रतिक्रिया