अदालतको सुरक्षार्थ खटिएका प्रहरीमाथि हातपात गर्ने वकिललाई कारबाही गर्न कर्मचारीको माग


काठमाडौं- काठमाडौं जिल्ला अदालतको गेटमा सुरक्षार्थ खटिएका प्रहरीमाथि हातपात गर्ने वकिललाई कारबाही गर्न कर्मचारीले माग गरेका छन् । अदालतका कर्मचारी र त्यहाँ सुरक्षार्थ खटिएका कर्मचारीले कारबाहीको लागि संयुक्त ध्यानाकर्षण गराएका हुन् ।

केही दिनअघि अधिवक्ता नानी थापा भन्ने लक्ष्मी थापाले प्रहरी जवानलाई थप्पड हानेको आरोप छ । कर्मचारीले सीसीटीभी फुटेज हेरेर दोषीमाथि कारबाही गर्न माग गरेका छन् ।

थापाविरुद्ध पीडित भनिएका प्रहरी जवानले जाहेरी दिइसकेका छन् ।

प्रतिक्रिया