

कञ्चनपुरका बाढी पीडितलाई तत्काल क्षतिपुर्ती र पुर्नस्थापना गर्न माग

काठमाडौं–पूर्वमन्त्री तथा नेपाली कांग्रेसका सांसद एनपी साउदले गृहजिल्ला कञ्चनपुरमा बाढीबाट ज्यान गुमाएकाका परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न र विस्थापितहरुलाई तत्काल पुनस्र्थापना गर्न सरकारसँग माग गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा उनले यस्तो माग गरेका हुन् ।
उनले स्थानीय प्रशासन, स्थानीय तह र सामाजिक संघ–संस्थाको भरमा मात्रै कञ्चनपुरमा बाढी पु¥याएको विपदलाई छोड्न नसकिने बताए ।
साउदले पटक–पटक सरकारलाई बाढीको पूर्व तयारी गर्न, बाढी नियत्रणको काममा सजग रहन आग्रह गरिए पनि सरकारले बाढी नियन्त्रण, तटबन्ध निर्माणमा उपयुक्त समयमा ध्यान नदिएकाले समस्या लगातार बढ्दै गएको पनि बताए ।

