सुनसरी र मोरङमा भारी वर्षा, १२ वजेसम्म सतर्कता अपनाउन अनुरोध
काठमाडौं – सुनसरी र मोरङमा भारी वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो तीन घण्टायता भारी वर्षा भएको हो ।
सुनसरीको चतरा, धरान, इटहरी, मोरङको केराबारी, लेटाङ, हरैंचा, बाउने र आसपासका क्षेत्रमा भारी वर्षा भएको छ ।
थप हुने देखिएकाले सेउती, सर्दू, सुनसरी खोला, बूढीखोला, खेसलिया, लोहन्द्रा खोला, चिसाङलगायत सुनसरी मोरङ भएर बग्ने खोलामा आकस्मिक बाढीको जोखिम रहेको विभागले जनाएको छ ।
दिउँसो १२ बजेसम्म उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ ।