रास्वपा केन्द्रीय समिति बस्दै, डा. ढकाललाई कारबाहीको तयारी, को बन्ला नयाँ महामन्त्री ?


काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कमिटीको बैठक अहिले केही बेरपछि बस्दैछ।

पार्टी केन्द्रीय कार्यालय चःमतिमा बिहान ८ बजे बस्ने बैठकमा निलम्बित महामन्त्री डा. मुकुल ढकालमाथिको अनुशासनको कारबाहीबारे छलफल हुने कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए।

उनकाअनुसार पार्टीको अनुशासन आयोगले डा. ढकालमाथिको अनुशासनात्मक कारबाहीको प्रतिवेदन पार्टी सभापति रवि लामिछानेलाई बुझाइसकेको छ।

त्यसबारे आइतबार बसेको सचिवालय बैठकमा प्रारम्भिक छलफल भएको उनले बताए। सम्भवतः रास्वपा महामन्त्री डा. ढकाललाई कारबाही गरिने र नयाँ महामन्त्रीको बारेमा पनि छलफल हुने जनाइएको छ ।

रास्वपा प्रवक्ता र महामन्त्री दुवै रहेका ढकालपछि महामन्त्रीका लागि विभिन्न नेताहरुले दौडधूप सुरु गरेका छन् । स्रोतका अनुसार महामन्त्रीका लागि प्रवक्ता सन्तोष परियार, सोभिता गौतम, मनिष झा र कविन्द्र बुर्लाकोटी चर्चामा रहेका छन् । ती मध्ये सन्तोष र सोबिताको सम्भावना बलियो रहेको पनि जनाइएको छ ।

 

प्रतिक्रिया