सप्तकोशीमा घट्यो पानीको बहाव 


विराटनगर – सप्तकोशीमा पानीको बहाब घटेको छ ।

सप्तकोशी ब्यारेजमा अहिले पानीको बहाब २ लाख ६० हजार क्युसेक रहेको जानकारी दिइएको छ ।

सप्तकोशी ब्यारेजमा आइतबार सर्वाधिक ३ लाख ९५ हजार क्यूसेकसम्म पानीको बहाब पुगेको थियो ।

सप्तकोशीका यस अघि सबै  ५६ ढोका खोलिएकोमा पानीको बहाब घट्न थालेपछि अहिले ४२ ढोका खोलिएको छ ।

सप्तकोशीमा पानीको बहाव केही घटे पनि कोशी आसपासका स्थानीयलाई सतर्कता अपनाउन अपिल गरिएको छ ।

प्रतिक्रिया