

रविको विरोध गरेका महामन्त्री मुकुल ढकालमाथि कारवाहीको तयारी

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको अनुशासन समितिले महामन्त्री डा. मुकुल ढकालमाथि कारबाहीका तयार पारिएको प्रतिवेदन पार्टीलाई बुझाएको छ । आइतबारको सचिवालय बैठकमा अनुशासन समितिले प्रतिवेदन बुझाएको हो ।
यसअघि अनुशासन उल्लंघनको आरोपमा महामन्त्री डा. ढकाललाई ७ दिनका लागि निलम्बन गरिएको थियो ।
मुकुललाई ७ दिनभित्र स्पष्टीकरण दिन भनिएको थियो । तर उनले स्पष्टीकरण बुझाएका छैनन् ।
रास्वपा विधानअनुसार अनुशासन समितिले गर्ने कारबाही सिफारिसलाई केन्द्रीय समितिले अनुमोदन गर्नुपर्छ ।
स्रोतका अनुसार अनुशासन समितिले ढकालमाथि कारवाही गर्न सुझाव दिएको छ ।
ढकालले पार्टी सभापति रवि लामिछानेको विरोध गर्दै आएका छन् ।

