भारतको गुजरातमा ६ तले भवन ढल्दा ७ जनाको मृत्यु


काठमाडौं- भारतको गुजरातमा छतले भवन भत्किँदा ७ जनाको मृत्यु भएको छ ।

१२ घण्टादेखि जारी उद्धारका क्रममा अहिलेसम्म ७ जनाको शव निकालिएको जिल्ला डीएसपी राजेश परमारले जानकारी दिए। भग्नावशेष हटाउने काम जारी रहेको प्रहरीले जनाएको छ । बीबीसी हिन्दीका अनुसार गुजरात सुरतको सचिन पाली गाउँमा ६ तले भवन भत्किएको हो ।

यो घटना शनिबार दिउँसो ३ बजेतिर भएको हो । घर ढल्दा वरपर बस्ने मानिसहरूले भूकम्प आएको हो कि भन्ने सोचेका थिए । आवाज सुनेपछि मानिसहरू घरबाट बाहिर निस्कँदा नजिकैको भवन भत्किएको देखे।

प्रतिक्रिया