असार मसान्तको चटारो: किरियाघरबाटै कामकाजमा व्यस्त तीन कर्मचारी


काठमाडाैं- आर्थिक वर्षको अन्तिमतिर काम सक्ने र भुक्तानी लिन/दिन चटारो निर्माण व्यवसायी र सरकारी कार्यालयलाई छ ।असार मसान्तसम्म हतार–हतार काम सक्न निर्माण व्यवसायी र सम्बन्धित कार्यालयका कर्मचारी लागेका छन् । भुक्तानीका लागि बिल पेश हुने भएकाले अहिले सरकारी कार्यालय तथा स्थानीय तहका कार्यकारी प्रमुख र लेखापाललाई काम गर्न भ्याइ/नभ्याइ भइरहेको छ ।

यसैबीच तीनजना कर्मचारीका तस्विर अहिले सामाजिक सञ्जालमा चर्चित भइरहेका छन् । तस्विरमा उनीहरू किरिया बसेकै ठाउँबाट कामकाज गरिरहेकाे देखिन्छ ।

तीमध्ये सिन्धुपाल्चोककाे जुगल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोक बहादुर  बिक पनि रहेका छन् ।  बुबाको निधन भएकोले उनी काजक्रियामा छन् । तर, उनले कार्यालयको जिम्मेवारी पनि पुरा गरिरहेका छन् ।

किरिया बस्दा सामान्यतय रुसँग कुरा गर्न अरुलाइ छुन हुँदैन भन्ने धार्मिक मान्यता छ ।  तर विकले  किरिया बसेकै स्थानबाट कार्यालयको काम गर्दै आएका छन् ।

यस्तै जुम्लाको हिमा गाउँपालिका- १ लिही गाउँका शंकर आचार्य कनकासुन्दरी गाउँपालिका लेखापाल छन् ।   उनी पनि किरिया बसेकै स्थानबाट कार्यालयको काम गरिरहेका छन् ।

उता लमजुङको दुधपोखरी गाउँपालिकाका लेखा अधिकृत नरेन्द्र घिमिरे पनि बुबाको किरिया बासिरहेका छन् । तर,  उनले स्थानीय तहको जिम्मेवारी पनि पूरा गरिरहेका छन् । आर्थिक वर्षको अन्तिम भएकाले सेवाग्राहीमा कुनै पनि प्रकारको भुक्तानीमा समस्या नहोस् भनेर उनले किरिया बसेकै ठाउँबाट कार्यालयको नियमित काम  गरिरहेका छन् ।

 

प्रतिक्रिया