अलराउन्डर आदिल अन्सारी राष्ट्रिय टोलीमा पर्ने पक्कापक्की !


काठमाडौं– स्पट फिक्सिङमाको अभियोगमा सफाइ पाएका पूर्व राष्ट्रिय क्रिकेटर अलराउन्डर आदिल अन्सारीमाथि लागेको प्रतिबन्ध फुकुवाको प्रक्रिया अगाडी बढेको छ ।

नेपाल क्रिकेट संघ क्यानको बिहीवारको बैठकले एक साताभित्र सबै प्रक्रिया पुरा गर्न अनुशासन समितिलाई जिम्मा दिएको छ ।

निलम्बन फुकुवा भएपछि उनी केही चरण पार गरेर राष्ट्रिय टोलीमा पर्ने पक्कापक्की छ ।

आदिलले राष्ट्रिय टोलीमा डेब्यु गर्दा लामो समयसम्म नेपाली क्रिकेटमा योगदान गर्नसक्ने खेलाडीका रुपमा हेरिएको थियो ।

उनी ब्याटिङमा बलिङभन्दा बढी आक्रामक देखिन्छन् ।

पछिल्लो समय राष्ट्रिय टोलीमा अलराउण्डरको रुपमा रहेका गुल्सन झाको प्रर्दशन खस्किदो छ । आदिल पनि टोलीमा जोडिएपछि टोली थप मजबुत बन्ने क्यान पदाधिकारीकारीहरुको बुझाई छ ।

आदिलसहित ५ जनालाई काठमाडौंमा भएको नेपाल टी–२० लिगमा स्पट फिक्सिङ गरेको आरोप लागेको थियो ।

पछि सबैलाई काठमाडौं जिल्ला अदालतले सफाई दिएको थियो ।

विष्फोटक ब्याटर आदिल मध्यम गतिका बलर समेत हुन ।

उनले नेपालबाट सन् २०२२ मा अमेरिकाविरुद्धको खेलबाट अन्तराष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए ।

पहिलो खेलमै उनले २४ बलमा ३६ रन प्रहार गरेका थिए भने ३ विकेट समेत लिएका थिए । सो म्याच टाइ भएको थियो । जसमा उनको भूमिका महत्वपूर्ण थियो ।

उनले नेपालका लागि ६ एकदिवसीय र ८ टि–२० अन्तराष्ट्रिय खेल खेलेका छन् । जसमा उनले एकदिवसीयमा ५ र टि–ट्वान्टीमा ६ विकेट लिएका छन् ।

प्रतिक्रिया