महाकालीमा पानीले खतराको सतह नाघ्यो , पुलमा सवारीसाधन चलाउन रोक


काठमाडौं – महाकाली नदीमा पानीको बहाव बढेपछि पुलमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।
पानीको बहाव उच्च भएपछि पुलमा चार पाङ्ग्रे सवारीसाधनको आवागमनमा रोक लगाइएको हो ।
प्रहरीका अनुसार नदीमा पानीको सतह बढेर एक लाख ४८ हजार ९१६ क्युसेक पु्गेको छ ।
महाकालीमा पानीले खतराको सतह नाघेपछि शनिबार साँझदेखि सवारीसाधनको आवागमनमा रोक लगाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया