अमेरिकामा संक्रमित संख्या ९० लाख नाघ्यो, २ लाख ३२ हजार बढीको मृत्यु


काठमाडौं – अमेरिकामा कोरोना संक्रमितको संख्या ९० लाख नाघेको छ ।

पछिल्ला दिनमा संक्रमितको संख्या बढ्दै गएको अमेरिकामा पछिल्लो २४ घन्टामा ७२ हजार ८५ जना नयाँ संक्रमित देखिएपछि अहिलेसम्म कोरोना संक्रमितको संख्या ९० लाख ३५ हजार ४३ पुगेको हो ।

अमेरिकामा पछिल्लो २४ घन्टामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९८० पुगेको छ । यससँगै हालसम्म अमेरिकामा मात्र २ लाख ३२ हजार २५ जनाको कोरोनाका कारण मृत्यु भएको तथ्यांक सार्वजनिक भएको छ ।

हालसम्म ५८ लाख ७३ हजार ३ सय ५७ जना कोरोनामुक्त भइसकेको अमेरिका विश्वकै सबैभन्दा धेरै संक्रमित र कोरोनाबाट मानवीय क्षति ब्यहोरेको मुलुक हो ।

हालसम्म विश्वमा कोरोनाबाट ४ करोड ४२ लाख ३० हजार ८ सय ९५ जना संक्रमित भएका छन् भने ११ लाख ७१ हजार १ सय ९६ जनाले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया