राष्ट्रिय सभाबाट बजेट सर्वसम्मत पारित


काठमाडौं । राष्ट्रिय सभाबाट आगामी आर्थिक वर्षको बजेट सर्वसम्मत पारित भएको छ ।

अर्थमन्त्री वर्षमान पुनले जेठ १५ गते आगामी आर्थिक वर्षका लागि संघीय संसदको संयुक्त बैठकमा १८ खर्ब ६० अर्ब ३० करोड बराबरको बजेट प्रस्तुत गरेका थिए ।

जसलाई प्रतिनिधि सभाले असार ११ गते पारित गरेको थियो ।

शुक्रबार राष्ट्रिय सभाले पनि पारित गरेको हो ।

प्रतिक्रिया