प्रतिनिधिसभाको बैठक चैत १० गते सम्मका लागि स्थगित 


काठमाडौं – शुक्रबारको प्रतिनिधिसभा बैठक सकिएको छ । सभामुख अग्निप्रसाद सापकोटाले चैत १० गते मंगलबार दिउँसो १ बजे सम्मका लागि बैठक स्थगित भएको जानकारी गराएका हुन् ।

बैठकले पूर्वसांसद एवं संविधानसभा सदस्य अशोक कोइरालाको निधनप्रति राखेको शोक प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको छ ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा लोकसेवा आयोग र राष्ट्रिय मानवअधिकार आयोगको वार्षिक प्रतिवेदन पेश भएको छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले लोकसेवा आयोगको ६१ औँ तथा मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।

बैठकमा केही सांसदले समसामयिक विषयमा धारणा राखेका थिए ।

प्रतिक्रिया