सहकारी छानबिन समितिले छलफलका लागि बोलायो गृहसचिव र आईजीपी


काठमाडौं – सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा ‘संसदीय छानबिन विशेष समिति’ले गृहसचिव र प्रहरी महानिरीक्षकलाई छलफलका लागि बोलाएको छ ।

समितिको विहिबार बसेको नवौं बैठकले गृहसचिव एकनारायण अर्याल र प्रहरी महानिरीक्षक बसन्त कुँवरलाई शुक्रबार छलफलका लागि बोलाएको समितिका सभापति सुर्य थापाले जानकारी दिएका छन् ।

आजको बैठकमा समितिले महालेखापरिक्षक तोयम राय, सम्पत्ति सुद्धिकरण अनुसन्धान बिभागका महानिर्देशक  कमल भट्टराई र सहकारी बिभागका रजिष्ट्रार पिताम्बर घिमिरेलाई बोलाएर छलफल गरेको सभापति थापाले जानकारी दिएका छन् ।

प्रतिक्रिया