बझाङकाे सेती नदीमा पुरुषको शव फेला


बझाङ- सेती नदीमा एक पुरुषको शव फेला परेको छ । बिहीबार बिहान बझाङको जयपृथ्वी नगरपालिका-४ गोलाईस्थित सेती नदीको बिच भागको खाली बगरमा जयपृथ्वी-१० बस्ने ४५ वर्षका रमेश बादीको शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार मृतकका छोरा मनोज बादीले शवको सनाखत गरेका हुन् । मृतक रमेश राती १ बजेको समयमा घरबाट निस्नेको बुझिएको प्रहरीले बताएको छ ।

शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल बझाङ पठाएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक व्यापक चन्द्र शाहले बताए ।

प्रतिक्रिया