गृहमन्त्री रवि लामिछानेविरुद्धको मुद्दामा बहस सकियो


काठमाडौं- रास्वपाका सभापति तथा गृहमन्त्री रवि लामिछानेविरुद्धको मुद्दामा बहस सकिएको छ ।

न्यायाधीशद्वय सपना प्रधान मल्ल र शारंगा सुवेदीको इजलासमा हेर्दाहेर्दै रहेको मुद्दाको बहस बिहीबार सकिएको हो । उक्त मुद्दाको फैसला आजै सुनाउने सर्वोच्चको तयारी छ ।

२४ फागुनमा महान्यायाधिवक्ताको कार्यालयले गृहमन्त्री लामिछानेविरुद्ध कतै उजुरी, अभियोजन नपरेको भनी दिएको पत्रको वैधतामाथि प्रश्न उठाउँदै अधिवक्ता अनुपम भट्टराई र अतुल विष्टले सर्वोच्च अदालतमा रिट दिएका थिए, जसमा लामिछानेलाई गृहमन्त्रीबाट मुक्त गर्न माग गरिएको छ ।

मुद्दामा महान्यायाधिवक्ता दिनमणि पोखरेललाई पनि विपक्षी बनाइएको छ ।

प्रतिक्रिया