५०० र १००० को नोटमा प्रतिबन्ध लगाउन माग


काठमाडौं-  नेपाली कांग्रेस सांसद कमला पन्तले ५ सय र हजारको नोटमा प्रतिबन्ध लगाउन माग गरेकी छन् । मंगलबार राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयकमा विभिन्न मन्त्रालयको शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले यस्तो माग गरेकी हुन् ।

उनले पञ्चशीलको सिद्धान्तलाई लागू गर्न  माग गरिन् । ‘नेपालीले पूर्खाको पालादेखि इज्जत कमाएर बसेको मुलुक हो । त्यसैले गर्दा यो पञ्चशीलको सिद्धान्तलाई लागू गर्नुपर्छ । अर्थमन्त्रीज्यू, सक्नुहुन्छ भने ५ सय हजारको नोट ब्याण्ड गर्नुस् ’ उनले भनिन् ।

 

प्रतिक्रिया