ओलीलाई भेटेपछि महासेठले प्रचण्डलाई भनेका थिए–सरकार ढल्दैन ढुक्क हुनुुस्

एमालेका मन्त्रीलाई नै जानकारी थिएन ओलीको योजना


काठमाडौं–एमालेबाट पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा नेतृत्व गरेका उपप्रधानमन्त्री रघुविर महासेठ गएराति अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगे । एमालेबाट सरकारको नेतृत्व महासेठले नै गर्छन् ।

विकसित राजनीतिक घटनाक्रमबारे ओलीले छलफल गर्न बोलाएपछि महासेठ बालकोट पुगेका थिए ।

बाल्कोटमा महासेठले ओलीलाई भेटे । त्यतीबेलासम्म महासेठलाई सरकार ढल्न लागेको संकेत थिएन ।

ओलीसंगको भेटपछि महासेठ प्रधानमन्त्रीलाई भेट्न वालुवाटार पुगे । बालुवाटारमा उनले प्रधानमन्त्रीलाई भने,‘सबै ठिक छ प्रधानमन्त्री ज्यु । सरकार फेरिने हल्ला मात्रै हो । म भरखर बाल्कोटबाट आएको हुँ ।’

तर गएराति नै एमाले–कांग्रेस नयाँ गठबन्धन बनिसकेको छ । कुरा बाहिरिने डरले ओलीले सरकारमा सहभागि मन्त्रीहरुलाई समेत के भइरहेको छ भन्नेबारे जानकारी गराएका थिएनन् ।

 

प्रतिक्रिया