कांग्रेस र एमालेबीच गठबन्धन गर्ने सहमति


काठमाडौं- नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ गठबन्धन बनाउने सहमति भएको छ । संविधान संशोधन र नागरिकका निराशा चिर्ने गरी कांग्रेस र एमालेबीच गठबन्धन गर्ने सहमति बनेको स्रोतले बताएको छ ।

स्रोतका अनुसार कार्यदलस्तरमा काम टुंगिसकेको छ । आजै कांग्रेस सभापति शेरबहादुर देउवा र केपी शर्मा ओलीले समझदारीमा हस्ताक्षर गर्ने तयारी गरिएको बताइएको छ ।

यसका लागि  साँझैदेखि कांग्रेस र एमालेबाट दुई–दुई नेता छलफलमा जुटेका थिए ।

राष्ट्रिय सहमतिको नयाँ सरकारमा नेपाली कांग्रेसले १०, प्रधानमन्त्रीसहित नेकपा एमालेले ९ मन्त्रालय लिने सहमति बनेको स्रोतले जनाएको छ । दुई दलबीच आलोपालो सरकारको नेतृत्व गर्ने र पहिलो चरणमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गर्ने सहमति भएको छ ।

प्रतिक्रिया