मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री दाहालको ब्रिफिङ, ‘अहिलेको सत्ता समीकरण लामो समय जान्छ’


काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता समीकरण फेरबदलबारे बाहिर आएका चर्चा सत्य नभएको ब्रिफिङ गरेका छन् ।

सञ्चारमन्त्री रेखा शर्माले बैठकमा प्रधानमन्त्रीले गरेको ब्रिफिङ उदृत गर्दै सत्ता समीकरण लामो समय जानेगरी एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल भएको जानकारी दिइन् ।

‘सत्ता परिवर्तनको छलफल केही भएको छैन । प्रधानमन्त्रीले केहि ब्रिफिङ गर्नुभयो । बाहिर आएका कुरा र यथार्थ कुरा के हो भन्ने विषयमा ब्रिफिङ गर्नुभयो । असमझदारी भए भन्ने जुन खालको हल्ला भए त्यस्तो छैन । यही गठबन्धन लामै समय जाने उहाँले जानकारी दिनुभयो । सरकार तलमाथि हुने जुन भ्रम सिर्जना भएको छ । त्यस्तो केही होइन’, प्रवक्ता शर्माले भनिन् ।

मन्त्री शर्माले एमाले अध्यक्ष ओली र प्रधानमन्त्रीबिच राष्ट्रिय सहमतिको सरकार गठन गर्न भनेर गरिएको प्रचारमा समेत सत्यता नभएको बताइन् ।

 

प्रतिक्रिया