सीआईबीले भन्यो-पेवेल र सजिलो–पे प्रयोग गरी सुन तस्करीमा ५५ अर्ब ७९ करोड भुक्तानी


काठमाडौँ – भुक्तानी साधन पेवेल र सजिलो-पे प्रयोग गरी सुन तस्करीको ५५ खर्ब ७९ करोड रुपैयाँ बढी भुक्तानी भएको रहस्य खुलेको छ । प्रहरी केन्द्रीय अनुसन्धान विभाग (सीआईबी) ले लामो समय लगाएर दुई भुक्तानी साधन ‘वालेट’ माथि गरेको अनुसन्धानबाट यस्तो खुलेको हो ।

नेपाल राष्ट्र बैंकबाट पेमेन्ट गेटवे भुक्तानी साधन सञ्चालन तथा व्यवस्थापनको इजाजत पत्र (लाइसेन्स) प्राप्त पेवेल नेपाल प्रालि र सजिलो पे पेमेन्ट सर्भिसेजले लाइसेन्सको दुरुपयोग गर्दै सुन तस्करीमा पटक–पटक गरी कूल ५५ अर्ब ७९ करोड ८८ लाख ८५ हजार ८ रुपैयाँ ५३ पैसा भुक्तानी सहजीकरण गरिरहेको भेटिएको सीआईबीले सार्वजनिक गरेको हो ।

काठमाडौँ अनामनगर केन्द्रीय कार्यालय रहेको पेवेल नेपालले स्थापना कालदेखि हालसम्म पटक पटक गरी कूल १ खर्ब २३ अर्बको भुक्तानी कारोबार गरेकोमा भौचर डिपोजिटका आधारमा ९६ अर्ब बराबरको कारोबार गरेको देखिएको सीआईबीले जनाएको छ । जसका आधारमा अनुसन्धान गर्दा कम्पनीले सुन तस्करीमा भुक्तानी सहजीकरण गरेको देखिएकाले ८ जनालाई पक्राउ गरी अनुसन्धान गरेको जनाएको छ ।

सीआईबीले प्रतिवादी राजु खत्री, प्रशान्त गणेश बजबलकर, धिरज दिनेश बोइटे, सिद्धार्थ अशोक गाएकवाड लगायतलाई पक्राउ गरी अनुसन्धान गरिएको जनाएको छ । यसैगरी बालुवाटार केन्द्रीय कार्यालय रहेको सजिलो पे पेमेन्टले पनि पटक पटक गरी अर्ब रुपैयाँ सुन तस्करीको भुक्तानीमा ट्रान्जेक्सन गरेको भेटिएको सीआईबीले जनाएको छ ।

प्रतिक्रिया