तारा एयरको विमान सम्पर्कबिहीनको हल्ला झुठोः डिआईजी सिंह


काठमाडौं — सामाजिक सञ्जालमा ‘पोखराबाट जोमसोम उडेको तारा एअर सम्पर्कबिहिन’ भएको भन्ने हल्लामा सत्यता नरहेको जनाइएको छ ।

गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) दुर्गा सिंहले सामाजिक सञ्जालमा आएको खबरमा सत्यता नभएको बताइन् । उनले भनिन्, ‘सामाजिक सञ्जालमा आएको हल्ला मात्र हो, सबै ठिक छ, पुरानो दुर्घटनाको हल्ला फिजाँइएछ ।’

डिआईजी सिंहले पोखराबाट १२ बजेभन्दा पछाडि जोमसोमको कुनै उडान नहुने स्पष्ट पार्दै यतिबेला यस्तो हल्ला चलाउन नहुने पनि जनाएकी छिन् ।

सामाजिक सञ्जालमा उक्त हल्ला व्याप्त भएपछि तारा एयरले पनि हल्ला भएको कुरा जनाएको छ ।

दुई वर्ष अघि अर्थात् २०७९ साल जेठ १६ गते जोमसोम उडेको विमान दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया