सोमपाल कामी र तेरिया मगरले गरे पशुपति दर्शन


काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य एवं स्टार क्रिकेटर सोमपाल कामी सोमबार बिहान पशुपति दर्शन गरी पूजाआजा गरेका छन् ।

नृत्यंगना तेरिया मगरसहित पशुपति पुगेका सोमपालले पशुपतिमा करिब डेढ घन्टा लगाएर पूजाआजा गरेका थिए ।

उक्त अवसरमा उनीहरुले पशुपतिका भट्टसँग फोटो पनि खिचाएका थिए । बिहान सवा ८ बजे मन्दिर पुगेका उनीहरु पूजाआजा गरी पौने १० बजे पशुपतिबाट बाहिरिएका थिए ।

भगवान् शिवका भक्त समेत रहेका सोमपाल बेलाबखत पशुपतिलगायतका धार्मिक स्थलहरुमा गइरहेका हुन्छन् ।

भारतीय डान्स रियालिटी सोकी विजेता रुपन्देहीकी तेरिया केही दिनअघि नेपाल आएको बेला पशुपतिको दर्शन गर्न गएकी हुन् ।

प्रतिक्रिया