डेनमार्कलाई हराउँदै जर्मनी युरोकपको क्वाटरफाइनलमा


काठमाडौं – जर्मनी जारी युरोकपको क्वाटरफाइनलमा पुगेको छ । गएराती सम्पन्न खेलमा डेनमार्कलाई २-० गोल अन्तरले पराजित गर्दै जर्मनी प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो ।

जर्मनीको जितमा काइ हाभेर्ट र जमाल मुसियालाले एक एक गोल गरेका थिए । यो जितपछि क्वाटरफाइनलमा अब जर्मनीले स्पेन र जर्जियाबीचको विजेतासँग खेल्ने छ ।

त्यस्तै यो हारसँगै डेनमार्कको युरोकप यात्रा भने समाप्त भएको छ ।

प्रतिक्रिया