पार्टीभित्र कुनै गुटबन्दी छैन : नेता खनाल


काठमाडौं – नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टीभित्र कुनै पनि गुटबन्दी नरहेको बताएका छन् ।महाधिवेशनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता खनालले यस्तो बताएका हुन् ।

महाधिवेशनको मुखमा नेताहरूबिचको भेटलाई सामान्य रुपमा लिनुपर्ने उनले बताए। नेता खनालले भने, ‘मलाई गुटबन्दीको कुरा आउँदैन । माधवजीले पनि गर्नुहुन्छ भन्ने लाग्दैन । कहिलेकाहीँ कमरेडहरू आएर छलफल गर्छौँ, त्यो घरमा होला, रेस्टुरेन्टमा होला । महाधिवेशनअघि यस्तो सामान्य हो । तर, यदि गुटबन्दी भएको छ भने त्यो गलत हो ।

’ नेता खनालले पार्टी लोकतान्त्रिक बाटोबाटै नेतृत्वबारे अन्तिम टुङ्गोमा पुग्ने जिकिर गरे । उनले यसबारे पाटीभित्र छलफल गरेर निष्कर्ष निकालिने पनि बताए । २०७१ सालपछि कम्युनिस्ट आन्दोलनमा दक्षिणपन्थी अवसरवाद र यथास्थितिवाद हाबी भएको खनालको भनाई छ ।

प्रतिक्रिया