‘नन ग्रेड’ ल्याएका विद्यार्थीले पनि पूरक परीक्षा दिन पाउने


काठमाडौं – एसईईको नतिजामा दुईभन्दा बढी विषयमा ‘नन ग्रेड’ ल्याएका विद्यार्थीहरूले पनि पुनः परीक्षा दिन पाउने भएका छन् ।

शुक्रबार बसेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको बैठकले उक्त निर्णय गरेको हो । मन्त्रालयका अनुसार उक्त परीक्षा साउनमा हुनेछ । यसभन्दा अघि दुईवटा विषयमा अनुत्तीर्ण भएका विद्यार्थीहरुले मात्रै मौका परीक्षा दिन पाउने व्यवस्था थियो ।

एसईईको २०८० सालको परीक्षामा ४ लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी भएकोमा २ लाख ४२ हजार ३१३ जना विद्यार्थी नन ग्रेडिङमा परेका थिए ।

प्रतिक्रिया