११ महिनामा २० अर्बको धान-चामल आयात


काठमाडौँ – नेपालले चालु आर्थिक वर्षको ११ महिनामा २० अर्ब बराबरको धान र चामल आयात गरेको छ ।

कृषि मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८०/८१ को जेठ मसान्तसम्म ३० करोड ५३ लाख १० हजार ५२० केजी धान अर्थात् ११ अर्ब ५५ करोड २५ लाख ७९ हजार रुपैयाँको धान आयात गरेको छ ।

यसैगरी सो अवधिमा ८ करोड २७ लाख ६९ हजार ८९ केजी चामल अर्थात् ८ अर्ब ६९ करोड ६ लाख ८५ हजार रुपैयाँको चामल आयात गरेको छ । मन्त्रालयका अनुसार ८८ करोड ६५ लाख २१ हजार रुपैयाँ बराबरको धानको बिउ आयात भएको छ । नेपालले ९ लाख २० हजारको कनिका पनि आयात गरेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

प्रतिक्रिया