भारत र इङ्ल्याण्डबीचको सेमिफाइनल वर्षाका कारण ढिलाई


काठमाडौं – टी–२० विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनलमा भारत र ईंग्ल्यान्डबिचको खेल वर्षाका कारण ढिलाई भएको छ ।

वर्षातका कारण मैदानमा पानी रहेका कारण टस समेत हुन सकेको छैन । गुयानाको प्रोभिडेन्स स्टेडियममा अहिले पानी रोकिएको छ ।

अम्पाएरले मैदानको निरीक्षण गरिसकेपछि टस हुनेछ । तर, मौसम खुलिनसकेकाले पुनः वर्षा हुने सम्भावना रहेको अधिकारीहरुले बताएका छन् ।

 

प्रतिक्रिया