बीवाईडी कार आयातमा अर्बौको कर छलीको आशंका, अनुसन्धानमा जुट्यो राजस्व अनुसन्धान विभाग


काठमाडौं – राजस्व अनुसन्धान विभागले विद्युतीय कार आयातमा करछली गरेर कार भित्र्याएको साइमेक्स इंक प्रालिमाथि अनुसन्धान थालेको छ ।

साईमेक्स प्रालिले चिनियाँ विद्युतीय कार बीवाईडीको आयातगर्दै आएको छ । साईमेक्सले आयत गर्दा ठूलो मात्रामा किलोवाट घटाएर कर छलेको खुलेपछि राजस्व विभागले अनुसन्धान थालेको हो ।

राजस्व अनुसन्धान विभागले साईमेक्सले एक सय क्षमता किलोवाटका बीवाईडी कारलाई ९९ किलोवाट देखाएर ठूलो मात्रामा कर छलेको दाबी गरेको छ ।

सरकारले ९९ किलोवाटको विद्युतीय कारमा आयकर २० प्रतिशत र अन्तशुल्क १५ प्रतिशत निर्धारण गरेको छ । त्यस्तै एकसय किलोवाटको आयकर ३० र अन्तशुल्क २० प्रतिशत कायाम गरेको छ ।

यसरी एक सक किलोवाटको एउटा बीवाईडी कारलाई ९९ किलोवाटमा देखाउँदा आयकरमा १० र अन्तःशुल्क पाँच प्रतिशत सस्तो हुने देखिएपछि एक सयलाई ९९ किलोवाट देखाएर कल छली गरेको पाइएको हो ।

साइमेक्सले बीवाईडी कार ५६ लाख देखि ६६ लाख रुपैयाँमा विक्री गर्दै आएको छ । पछिल्लो समय राजस्वले अनुसन्धान थालेसँगै साईमेक्स प्रालि राजस्व अनुसन्धान विभागको अनुसन्धान प्रभावित पार्ने योजनासहित शक्तिकेन्द्रमार्फत दाववाद दिन थालेको छ ।

यद्धपी विभागका महानिर्देशक चक्रबहादुर बुढाले अनुसन्धान कुनै हालतमा नरोक्ने जनाएका छन् । तुलनात्मक रुपमा बुढा स्वच्छ छविका प्रशासकका रुपमा चिनिन्छन् । विभागका अनुसार साईमेक्सले बीवाडीका ५० लाख पर्ने एउटा कार भित्र्याउँदा मात्रै एक सय किलोवाटलाई ९९ मा झारेर आठ लाखभन्दा बढी रकम कर छली गर्ने गरेको पाइएको हो ।

साइमेक्सको करछली प्रकरणको अनुसन्धानबारे बुझ्न खोज्दा भने उनीसम्पर्कमा आउन चाहेनन् । २०७५ साउनमा सूर्य गुड्समार्फत बीवाईडी गाडी ल्याइ बिक्री गर्ने गरी एजेन्सी दर्ता भएको थियो ।

तर, पछि यमुना श्रेष्ठले सूर्य गुड्सलाई बाइपास गर्दै साइमेक्स इंक मार्फत बीवाईडी कार नेपाल भित्र्याउँदै आएका छन् । हाल सूर्य गुुड्स साईमेक्बीचको विवाद अदालतसम्म पुगेको छ ।

प्रतिक्रिया