रोजगारीका लागि दुबई गए, उतै अस्ताए तारानाथ


काठमाडाैं- रुपन्देहीको गजेडी– १ का तारानाथ चापागाईं साढे २ वर्षअघि रोजगारीका लागि संयुक्त अरब एमिरेट्स युएई गएका थिए । आबुधावी(दुबई)मा पुगेर उनले सल्भ क्लिनिङ एलएलसी कम्पनीको इतिहाद रेल क्षेत्रमा सरसफाइको काम पाएका थिए ।

उता राम्रैसँग चलिरहेको उनको जीवनमा अचानक एउटा मोड आयो । त्यहि मोडले उनीसँगै परिवारकै आश समाप्त पारिदिएको छ । चापागाईं परिवारको खम्बा रहेका उनी आइतबार यो संसार छाडेर गइसकेका छन् ।

उता आइतवार सार्वजनिक विदा हुने भएकाले उनी साथीभाइसँग बसेर रमाइलो गर्ने याेजनासहित मजदुर क्याम्पबाट निस्केका थिए । उनले रमाइलाे गरे पनि । तर,  क्याम्प फर्कनेबेला उनी दुर्घटनामा परे । फर्किनेबेला सडकमा बसले ठक्कर दिँदा चापगाईंको ज्यान गएको उनीसँगै काम गर्दै आएका सहकर्मीहरुले बताएका छन् । उनकाे शव ल्याउने प्रक्रियामा रहेको छ ।

 

 

प्रतिक्रिया