एसईई दिएका २२० परीक्षार्थीको परीक्षा रद्द, कुन जिल्लाका कति ?


काठमाडाैं- राष्ट्रिय परीक्षा बोर्डले बिहीबार सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजाअनुसार  विभिन्न १३ जिल्लाका २२० परीक्षार्थीको परीक्षा रद्द भएको छ ।

विषयगत आधारमा अङ्ग्रेजीको १, गणितको ६७, नेपालीको ४, विज्ञानको १४, सामाजिकको ५, ऐच्छिक गणितको ७१, अर्थशास्त्रको १३, जनसङ्ख्याको ७, वातावरण विज्ञानको २, स्वास्थ्य शारीरिकको ३, प्राविधिक विषयको ७ र सबै विषयको २६ जनाको परीक्षा रद्द भएको बोर्डले जनाएको छ ।

प्रतिक्रिया