सहकारी छानबिन विशेष समितिको बैठक बस्दै


काठमाडौं – सहकारीको बचत रकम अपचलनका सम्बन्धमा गठित सहकारी छानबिन विशेष समितिको छैटौँ बैठक बुधबार बस्दैछ।

समितिको बैठक आज बिहान ११ बजे समितिको कार्यालय सिंहदरबारमा बस्न लागेको समितिकी सदस्य ईश्वरीदेवी न्यौपानेले थाहासञ्चार नेटवर्कलाई जानकारी दिइन्।

बैठकमा राष्ट्रिय सहकारी महासंघसँग ब्रिफिङ लिने तयारी छ। यसअघि गत असार ५ गते बसेको बैठकले कानून मन्त्रालय र कानून आयोगका पदाधिकारीसँग छलफल गरेको थियो। कार्यदेशसँग सम्बन्धित कानूनको स्पष्टता, अधिकार क्षेत्रको बाँडफाँडलगायत विषयमा छलफल गरेको समितिले तीन महिनाको समय पाएको छ।

जेठ १५ गते गठन भएको समितिले करिब एक महिना छलफलमै सकेको छ।

प्रतिक्रिया