जीतपुर सिमराको नगरसभामा कुर्सी हानाहान


बारा- जीतपुर सिमरा उपमहानगरमा नगर सभाभित्रै कुर्सी हानाहान भएकाे छ ।  बजेट सार्वजनिक गर्न आयोजना गरिएको नगरसभामा नेकपा एमालेबाट निर्वाचित वडाध्यक्षले विरोध र तोडफोड गरेका हुन् ।

नगरसभामा सहभागी हुन मेयर राजन पौडेल नगर सभामा छिर्नसाथ उनीहरुले हुलदङ्गा गरेका थिए । उनीहरुले नगर सभास्थलमा रहेका कुर्सी र टेबल समेत तोडफोड गरेका छन् ।

वडाध्यक्षहरूको विरोध र तोडफोडपछि नगर सभा स्थगित भएको छ ।

प्रतिक्रिया