महिला प्रहरीसँग होटलमा भेटिएका डीएसपीकाे भयाे घटुवा, अब सिपाही


काठमाडौं- भारतमा पारिवारिक कारण देखाएर बिदा मागेका डीएसपी महिला प्रहरीसँग हाेटलमा भेटिएपछि कारबाहीमा परेका छन् ।  उत्तर प्रदेश राज्यस्थित उन्नावको तत्कालीन सर्कल अफिसर रहेका डीएसपी कृपा शंकर कनौजियाले ६ जुलाई २०२१ मा उन्नाव एसपीसँग पारिवारिक कारण देखाएर बिदा मागेका थिए ।

तर बिदापछि उनी घर नगएर कानपुरको एउटा होटलमा गएका थिए । बिदा लिएर डीएसपी कृपा शंकरले  मोबाइल बन्द गरेपछि उनकी पत्नीले घर नआएको भन्दै सहयोग माग गरेकी थिइन् ।

अनुसन्धान हुँदा उनी होटलमा एक महिला प्रहरीका साथ भेटिएका थिए । त्यसपछि राज्य सरकारले डीएसपीलाई घटुवा गरेर सिपाही बनाएको छ । अहिले कृपा शंकरलाई गोरखपुरमा सिपाहीका रूपमा खटाइएको छ ।

प्रतिक्रिया